भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
ratopati.com · Tue Jul 21 09:54:55 GMT 2026

काठमाडौँ । भक्तपुरको घ्याम्पेडाँडास्थित होटेलमा कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया घर भएर सल्लाघारी बस्दै आएका करिब २७ वर्षीय राज कार्की छन् ।
साउन ४ मा बिहान विश्वकपको फाइनल खेल हेर्न राज कार्की आफ्ना साथीहरूसँग सूर्यबिनायक नगरपालिका–७ स्थित घ्याम्पेडाँडामा पुगेका थिए । फुटबल हेर्ने क्रममा थ्र ी इडिएट्स होटेलमा विवाद हुँदा कुटाकुट भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक कुमार कार्कीले रातोपाटीलाई बताए । कुटपिटबाट गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा सोमबार नै मध्यपुर अस्पतालमा मृत्यु भएको हो । घटनाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)