मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चाडपर्व लक्षित सहुलियत पसल संचालनमा

ekantipur.com · Mon Sep 15 19:21:35 GMT 2025

गोरखा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले चाडपर्व लक्षित गरी खाद्यान्न सहुलियत पसल संचालनमा ल्याएको छ । दसैं, तिहार, छठ लगायत चाडपर्वलाई लक्षित गरेर सोमबारबाट सहुलियत पसल संचालनमा ल्याइएको हो ।

गोरखा नगरपालिका–६ स्थित शाखाको कार्यालय तथा चुमनुव्री–३ सिर्दिवासस्थित फिलीमा संचालन गरिएको पसलबाट प्रतिकेजी ५ रुपैयाँ छुटमा चामल बिक्री हुने कार्यालयकी प्रमुख रजना कुँवरले बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)