घुम्ती गोठमा रमाएका टीकाजीत
barnanmedia.com · Mon Sep 21 23:24:17 GMT 2026

उमेरले ६५ वसन्त पार गरिसकेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका टीकाजीत तिलिजाको दिनचर्या बस्तीमा होइन, लेकाली घुम्तीगोठमै बित्छ । बिहान उज्यालो नहुँदै भेडाबाख्राको हुलसँगै दिन सुरु हुन्छ, साँझ गोठमा फर्किएपछि पशुधनको सुरक्षा गर्दै रात बित्छ ।
रोजगारीको खोजीमा एक वर्ष खाडीमुलुक कुवेत पुग्नुभएका तिलिजालाई विदेशको बसाइँ लामो समय मन परेन् । जन्मथलो फर्किएपछि उहाँले २० वर्षसम्म घुम्ती गोठमा भैँसीपालन गर्नुभयो । त्यसपछि पछिल्लो आठ वर्षदेखि भने उहाँको जीवन भेडाबाख्राको गोठसँग जोडिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)