साना दललाई सुविधा दिन थ्रेस होल्ड हटाउने निर्णय
onlinekhabar.com · Tue Jul 27 18:04:48 GMT 2021
१२ साउन, पोखरा । गण्डकी प्रदेश सरकारले आफूलाई समर्थन गरेका साना दलका पदाधिकारीहरुलाई पनि सुविधा दिने गरी १० प्रतिशतको थ्रेस होल्ड हटाउने निर्णय गरेको छ । यो विधेयक प्रदेशसभाबाट पास भए राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता एवं सचेतकले पनि सेवासुविधा प्राप्त गर्ने छन् ।
गण्डकी प्रदेश सभामा जनमोर्चाका २ जना प्रत्येक्ष र एक जना समानुपातिक सांसद छन् । जसमध्ये एक जना कारबाहीमा परी पदमुक्त भएका छन् । जनता समाजवादी पार्टीबाट एक जना प्रत्यक्ष र एक समानुपातिक सांसद छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)