कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन आज पनि
hamrakura.com · Tue Sep 22 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको गत असोज ३ गते शनिबारदेखि जारी रहेको वडा अधिवेशन आज पनि हुँदैछ । पार्टी केन्द्रीय निर्वाचन समितिले सहमति हुन बाँकी रहेका र प्रक्रियामा रहेका केही वडाहरूको अधिवेशन आज हुने जानकारी दिएको हो ।
गत शनिबार र आइतबार बाढी प्रभावित तीन जिल्लाहरू बाहेक अधिकांशमा अधिवेशन भएकामा सहमति हुन बाँकी रहेका वडाहरूमा त्यसपछिका दिनमा निरन्तर अधिवेशन भइरहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)