गगनको प्रश्न– त्यो कांग्रेसका रूपमा यो कांग्रेसलाई बनाउन सक्छौँ कि सक्दैनौँ ?
baahrakhari.com · Tue Jul 21 10:35:09 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पुराना नेताहरूले बनाएको पार्टीजस्तै अहिले बनाउन सक्छौँ कि सक्दैनौँ भनेर प्रश्न गरेका छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा मंगलबार कांग्रेसका महामन्त्री गुरुराज घिमिरेद्वारा लिखित बुद्ध, बीपी, आजका नेता र लिलिपुटका लघुमानव पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रश्न गरेका हुन् ।
“आज तपाईं र मैले सोध्नुपर्ने, खोज्नुपर्ने उत्तर भनेको पार्टीभित्रको विषयका बारेमा जुन खालको चर्चा छ । ती विषयका बारेमा चर्चा गर्नुपर्छ,” उनले भने, “तर त्योभन्दा पनि महत्त्वपूर्ण प्रश्न भनेको त्यो कांग्रेसका रूपमा यो कांग्रेसलाई बनाउन सक्छौँ कि सक्दैनौँ ? त्यो कांग्रेसलाई कांग्रेसका रूपमा फर्काउन सक्छौँ कि सक्दैनौँ ?”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)