मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी–२० विश्वकपमा पाकिस्तानले भारतसँग खेल्ने

Ujyaaloonline.com · Tue Feb 10 00:12:46 GMT 2026

काठमाण्डौ – टी–२० विश्वकपको समूह चरणको खेलमा पाकिस्तानले भारतसँग खेल्ने भएको छ । यसअघि पाकिस्तान सरकारले भारतसँगको खेल नखेल्ने घोषणा गरेको थियो । तर त्यसपछि भएका निरन्तरका छलफलबाट हिजो बेलुका पाकिस्तान सरकार र आईसीसीबाट एकैसाथ खेल्ने निर्णय भएको विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

प्रतियोगिताको व्यावसायिक केन्द्रबिन्दु मानिने यी दुई देशबीचको खेल यहि फेब्रुअरी १५ तारिख अर्थात् आउँदो आइतबार कोलम्बोमा हुनेछ । छलफलबाट भारतमा खेल्न अस्वीकार गरेको कारण टी–२० विश्वकप बहिष्कार गरेको बङ्गगलादेशलाई कारबाही नगर्ने पनि निर्णय भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)