बालबालिकालाई कुपोषणबाट जोगाउन विशेष अभियान सञ्चालनको तयारी
barnanmedia.com · Fri Aug 23 23:40:40 UTC 2024

काठमाडौँ, ८ भदौः मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले मधेस प्रदेशका बालबालिकालाई कुपोषणबाट जोगाउन प्रदेश सरकारले विशेष अभियान सञ्चालनको तयारी गरेको बताउनुभएको छ ।
आज जनकपुरधाममा वर्ल्ड भिजनको सहयोगमा सामुदायिक रेडियो प्रसारक सङ्घको आयोजनामा भएको ‘मधेसमा पोषणको अवस्था तथा नकारात्मक हानिकारक अभ्यास’का विषयमा भएको छलफलमा उहाँले अन्य प्रदेशको तुलनामा मधेसमा बालबालिका बढी कुपोषित हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै यसविरुद्ध अभियान सञ्चालन गर्नु परेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)