मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाइलट श्रीमान्‌को सपना पूरा गर्न पाइलट नै भएकी थिइन् अञ्जु

ekantipur.com · Mon Jan 16 01:15:20 GMT 2023

काठमाडौँ — २४ वर्षअघि विराटनगर–५ चाँदनी चोककी अञ्जु खतिवडाको काठमाडौं बत्तिसपुतली घर भएका दीपक पोखरेलसँग विवाह हुँदा सायदै कसैले सोचेको थियो– यो दम्पतीको जिन्दगीमा हवाई दुर्घटनाको दुर्भाग्यपूर्ण शृंखला जोडिएको छ । अञ्जुको विवाह को–पाइलट पोखरेलसँग भएको थियो, उनी नेपाली सेनाको हेलिकोप्टर उडाउँथे । बिहेको केही वर्षपछि यती एयरलाइन्सको पाइलट बनेका दीपकको सन् २००६ मा जुम्लामा जहाज दुर्घटनामा मृत्यु भयो ।

उनको निधनको १७ वर्षपछि आइतबार पोखरामा भएको यती एयरलाइन्सकै जहाज दुर्घटनामा को–पाइलट अञ्जुले ज्यान गुमाइन् । अञ्जुका भानिज–काका गोपाल रेग्मीले आइतबारको घटनाले सिंगो परिवार शोकमा डुबेको बताए । श्रीमान्को मृत्यु हुँदा अञ्जु उड्डयन पेसामा जोडिएकी पनि थिइनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)