असोज ९ देखि ११ सम्म नेपालमा अति भारी वर्षाको अनुमान, आज के होला?
himalpress.com · Tue Sep 22 00:34:32 GMT 2026

काठमाडौँ- आगामी असोज ९ देखि ११ सम्म नेपालमा अति भारी वर्षाको पूर्वानुमान गरिदैछ। देशका विभिन्न भूभाग प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमाली क्षेत्रमा हिमपात र पहाडी र तराईमा अत्याधिक वर्षाले जनधनको क्षति गराउन सक्ने छ। आज पनि देशका विभिन्न ठाउँमा वर्षा हुने प्रक्ष्येपण छ। किनिक, उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्व बङ्गालको खाडीमा रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम–उत्तर पश्चिम दिशा तिर सर्ने देखिन्छ।
हाल कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)