आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
nepalviews.com · Tue Sep 22 00:33:39 GMT 2026

काठमाडौं। हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। साथै उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्व बङ्गालको खाडीमा रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम–उत्तर पश्चिम दिशा तिर सर्ने देखिन्छ।
हाल कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू(भागमा साधरणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)