सामान्य विवादले उग्ररूप लिँदा बसभित्रै आत्मदाह प्रयास
annapurnapost.com · Tue Sep 22 00:29:05 GMT 2026

काठमाडौं : सोमबार बिहान १० बजेतिर बा ५ ख ४२७४ नम्बरको रिद्धिसिद्धि यातायातको बस त्रिपुरेश्वर बस बिसौनीमा आइपुगेर रोकियो। २३ वर्षीय चालक दावा लामा बस अगाडि बढाउने तयारीमा थिए। गाडीअगाडि एउटा मोटरसाइकल उभिएपछि लामाले हर्न बजाउँछन्।
पछाडिबाट निरन्तर आउने अन्य सवारी साधनका कारण त्रिपुरेश्वर चोकमा सवारीको चाप र ट्राफिक जाम बढिसकेको थियो। ड्युटीमा रहेका ट्राफिक प्रहरीले नजिकै आएर सवारी रोकेको र हर्न बजाएको विषयमा प्रश्न उठाउँछन्। विवाद यहीँबाट सुरु हुन्छ। मूलपानी–थानकोट रुटको गाडीका चालक काभ्रेपलाञ्चोकको पनौती निवासी २३ वर्षीय चालक दावा लामासँग अब चर्काचर्की सुरु हुन्छ। ‘मेरो अगाडि मोटरसाइकल भएकाले गाडी रोकिएको’ जवाफ दिए पनि ट्राफिक प्रहरीले चित्त बुझाउँदैनन्। थप चाप बढ्न थालेपछि दुवैतर्फको विवाद उग्र बन्दै गएको भिडियो संवादमा देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)