ट्रम्पले आक्रमण रोक्न आदेश दिएपछि हौसियो हुथी, यमनमा पकड विस्तार
ratopati.com · Tue Sep 22 00:42:10 GMT 2026

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरुद्ध अमेरिकी हवाई आक्रमण अन्तिम समयमा रोकेको रिपोर्ट सार्वजनिक भएको छ । यससँगै हुथी लडाकुहरूले सोमबार यमनका रणनीतिक उच्च भूभाग कब्जा गर्ने प्रयास तीव्र बनाएका छन् । उनीहरूको उद्देश्य लाल सागरको तटलाई साउदी समर्थित सरकारको नियन्त्रणमा रहेका बाँकी क्षेत्रबाट अलग गर्नु रहेको बताइएको छ ।
इरान समर्थित हुथी समूहले यसै महिना तीव्र गतिमा आफ्नो नियन्त्रण विस्तार गरेपछि मध्यपूर्वको जारी द्वन्द्व नयाँ क्षेत्रमा फैलिएको छ । यसले विश्वव्यापी ऊर्जा आपूर्तिमाथिको जोखिम पनि बढाएको छ । साउदी युवराज मोहम्मद बिन सलमानले यमनमा जारी लडाइँमा सहभागी हुन अमेरिकालाई पटक–पटक आग्रह गरे पनि वासिङ्टनले अहिलेसम्म त्यसलाई अस्वीकार गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)