आशा गरिएको खेलमै नेपालको कमजोर प्रदर्शन
annapurnapost.com · Tue Sep 22 00:37:10 GMT 2026
नागोया (जापान) : २०औं एसियाली खेलकुद (एसियाड) मा नेपालले ठूलो आशा गरेका खेलबाटै अपेक्षाअनुसारको प्रदर्शन गर्न नसक्दा बहुप्रतीक्षित ‘मिसन—२०२६’ को पदकको लक्ष्य सुरुवातमै दबाबमा परेको छ। जापानको आइची–नागोयामा जारी एसियाडमा नेपालले २१ खेलमा १ सय ३५ खेलाडी उतारेको छ। प्रतियोगिताअघि पहिलो पटक स्वर्ण जित्ने र दोहोरो अंकमा पदक भिœयाउने लक्ष्य बोकेर जापान आएको नेपाल सुरुमै महत्त्वपूर्ण खेलमा अपेक्षित नतिजा निकाल्न नसकेपछि दबाबमा परेको हो।
राष्ट्रिय खेलकुद परिषद्को राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठ नेपालले प्रतिस्पर्धा गर्ने अझै धेरै खेल बाँकी रहेकाले अहिले नै ‘मिसन–२०२६’ असफल वा असफल भयो भनेर भन्न नसकिने बताउँछन्। ‘नेपालको खेलहरू भर्खरै सम्पन्न भएको छ। आशा गरिएका केही खेलमा निरासा बेहोर्नु परे पनि हामी आत्तिहाल्नुपर्ने अवस्था छैन’, उनी भन्छन्, ‘मिसनको लक्ष्य पूरा हुन्छ भन्नेमा आशावादी छौं।’ उनले करातेको प्रदर्शन उत्कृष्ट रहे पनि पदक जित्न नसक्दा भने केही निरास बन्नु परेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)