मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल–भारतबीच सूचना संयन्त्र बनाउने सहमति

nayapatrikadaily.com · Wed Sep 28 17:39:00 GMT 2022

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नेपाल र भारतबीच सूचना संयन्त्र बनाउने सहमति भएको छ । सीमा सुरक्षामा खटिएका नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बलबीच काठमाडौंमा जारी सीमा समन्वय बैठकमा यस्तो सहमति भएको हो ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार नेपालमा बाहिनीमा तथा भारतमा सेक्टरमा एक–एकजना सम्पर्क व्यक्ति तोकेर सूचना आदानप्रदान गर्ने विषयमा सहमति भएको हो । यद्यपि, यस विषयमा दुवै देशका सरकारबाट निर्णय हुनुपर्छ । ‘आपराधिक सूचनाको आदानप्रदान अहिले पनि हुँदै आएको छ,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘अब भने स्थायी संयन्त्र नै बनाएर सीमा अपराधलाई निन्यन्त्रण गर्ने सहमति बनेको हो ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)