ट्रम्पविरुद्ध अमेरिकी प्रेस : ह्वाइट हाउस प्रवेश प्रतिबन्धलाई लिएर सीएनएनसहित तीन संस्थाले गरे मुद्दा दायर
ratopati.com · Tue Sep 22 00:53:05 GMT 2026

ह्वाइट हाउस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रशासनबारे ‘भ्रम वा झूट’ लेखेको आरोप लगाउँदै शुक्रबार तीन सञ्चार संस्थामाथि ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाएका थिए । यसै विषयलाई लिएर सिएनएन, पोलिटिको र यमएस नाउले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन् । तीनै अमेरिकी सञ्चार संस्थाका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि उनीहरूले कानुनी बाटो रोजेका हुन् ।
राष्ट्रपति ट्रम्पले शुक्रबार प्रतिबन्धको घोषणा गर्दै यी संस्थाले आफ्नो प्रशासनबारे ‘काल्पनिक कुरा वा झूट’ लेखेको आरोप लगाएका थिए । सञ्चार संस्थाहरूका अनुसार शनिबार उनीहरूका पत्रकारलाई ह्वाइट हाउस भवनमा प्रवेश गर्न दिइएन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)