मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा ३ जना घाइते

ekantipur.com · Thu Mar 14 16:52:32 GMT 2024

काभ्रे — काभ्रेको भुम्लु गाउँपालिका १० स्थित दोलालघाटमा बिहीबार ६ : ५५ बजेतिर खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा ३ जना घाइते छन् ।

दोलालघाटमा सुन्दर श्रेष्ठको घरमा डेरा लिई बस्ने ३६ वर्षीया निरमाया तामाङको भान्सामा खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी हुँदा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, आगलागीमा निरमाया, सोही घरमा बस्ने सादना तामाङकी ७ वर्षीया छोरी सबिना र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाकी ११ वर्षीया प्रविसा परियार घाइते भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)