मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश १ मा सरकार फेरबदल पेचिलो बन्दै

nayapatrikadaily.com · Mon Oct 25 00:46:00 GMT 2021

प्रमुख विपक्षी नेपाली कांग्रेसभित्रको किचलोले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार थप एक साता लम्बिएको छ । कांग्रेसभित्र शेरबहादुर देउवा र रामचन्द्र पौडेल–शेखर कोइराला समूहबीचको टकरावले ढल्नै लागेको आचार्य नेतृत्वको सरकार थप एक साता लम्बिएको हो ।

विश्वासको मत लिने मुख्यमन्त्रीको प्रस्तावमाथि छलफल र मत विभाजन गर्न आइतबार दिउँसो साढे १२ बजे बैठक बस्दै थियो । अल्पमतमा रहेका आचार्य नेतृत्वको सरकारले बैठकमा बहुमत गुमाउने निश्चित थियो । उनको पक्षमा सभामुखसहित ४१ सांसद मात्र थिए । त्यसमा पनि सांसद गुलेफुन मियाँ फौजदारी अभियोगमा फरार छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)