टीएमएस सञ्चालनमा आयो, सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सुरु हुँदै
arthasansar.com · Tue Sep 22 01:06:20 GMT 2026

प्राविधिक समस्याका कारण सोमबार स्थगित भएको सेयर बजारको नियमित कारोबार आज मंगलबारदेखि पुनः सञ्चालन हुने भएको छ। ७२ वटा ब्रोकर कम्पनीको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) राखिएको डाटा हब प्रालिको डाटा सेन्टरमा देखिएको समस्या समाधानतर्फ गएसँगै कारोबार खुल्ने भएको हो।
असोज ४ गते बिहानदेखि डाटा हबको पूर्वाधारमा समस्या देखिएपछि अधिकांश ब्रोकरको टीएमएस सञ्चालनमा आउन सकेको थिएन। समस्या समाधानका लागि प्राविधिक टोलीले काम गरिरहे पनि सोमबारसम्म पूर्ण रूपमा प्रणाली सञ्चालनमा नआएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जोखिम नलिने निर्णय गर्दै असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)