बाजुरामा स्याउ लटरम्म, तर बजार पाउन सधैँ सकस
ratopati.com · Tue Sep 22 01:31:39 GMT 2026

धनगढी । बाजुराका हिमाली क्षेत्रमा स्याउ उत्पादन बढ्दै गएको छ । किसानका बारीमा स्याउका बोट फलले झुकेका छन् । उत्पादन बढेपछि किसानको उत्साह पनि बढेको छ । बारीमा फलेको स्याउ टिपेर बजारसम्म पुर्याउने बेला यहाँका किसानलाई समस्या छ ।
जिल्लाको बुढीनन्दा नगरपालिका–१० का नैन बोहरा अहिले यही दोधारमा छन् । तीन चरणमा गरी ६ हजारभन्दा बढी स्याउका बिरुवा रोपेका बोहरा यतिबेला बारीमा पाकेका स्याउ टिप्न व्यस्त छन् । स्याउ उत्पादन उनको परिवारको पुरानै पेसा हो । पछिल्ला वर्षमा भने उनले यसलाई व्यावसायिक खेतीका रूपमा विस्तार गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)