एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, सुझाव दिन ३ मिनेट समयसीमा
kendrabindu.com · Tue Sep 22 01:33:07 GMT 2026

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक आज पनि जारी रहनेछ । बैठक बिहान नौ बजेबाट सुरु हुँदैछ । पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा भइरहेको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने छन् ।
केन्द्रीय सदस्यलाई तीन मिनेटमा पार्टी, अध्यक्षको प्रतिवेदन, जनतासँग सम्बन्ध र समसामयिक विषयमा धारणा राख्ने गरी समय व्यवस्थापन गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीले हिजो बैठकमा जानकारी गराएका नौ वटा एजेण्डामध्ये आठवटाको कारबाही आजबाट सुरु हुने छ । आजै केन्द्रीय कमिटीमा सदस्यहरुको मनोनयन, विभाग गठन, पोलिटव्यूरो, स्थायी कमिटी गठनका एजेण्डा पनि अघि बढाइने छ । यसैगरी, सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासनका सम्बन्धमा बैठकले दृष्टिकोण बनाउने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)