हरेक घरको खुशी, घर–घरमा एलजीः इसेन्सियल सिरिजका नयाँ घरेलु उपकरण सार्वजनिक
ajakoartha.com · Sun Jun 28 05:51:00 GMT 2026

काठमाडौं- LG Electronics Singapore ले आफ्नो आधिकारिक वितरक CG Electronics सँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी विकास गरिएको नयाँ घरेलु उपकरण श्रृंखला LG Essential Series सार्वजनिक गरेको छ। काठमाडौंस्थित Vivanta Kathmandu मा आयोजित विशेष कार्यक्रममा उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो।
“हरेक घरको खुशी, घर–घरमा LG” अभियानअन्तर्गत सार्वजनिक गरिएको Essential Series ले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटेको छ। नेपाली परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनहरूले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने LG को विश्वास रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)