‘बालबालिकालाई दिइने फाइजर खोप ९१ प्रतिशत प्रभावकारी’
ratopati.com
काठमाडौं । जनस्वास्थ्यविद्हरुले कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध ५ देखि ११ वर्षसम्मका बालबालिकाहरुका लागि उपलब्ध खोप निर्धक्क भएर लगाउन आग्रह गरेका छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले कुनै प्रकारको आशंका नराखी ढुक्क भएर फाइजर बायोएनटेक खोप अभियानमा सहभागी हुन आग्रह गरेका हुन् ।
बालबालिकाहरूले लगाउने उक्त खोप ९१ प्रतिशत प्रभावकारी भएको अध्ययनहरूले देखाएको उनको भनाइ छ । परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत सञ्जयकुमार महासेठले पहिलो चरणमा तोकिएका २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म र दोस्रो चरणमा बाँकी ५० जिल्लामा भदौ ५ गतेदेखि ११ गतेसम्म खोप अभियान सञ्चालन गरिने बताए । यस अवधिमा ३९ लाख बालबालिकालाई खोप दिने लक्ष्य छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)