मनसुनी र पश्चिमी वायुको प्रभाव: पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
nepalnews.com · Tue Sep 22 01:43:04 GMT 2026

काठमाडौं। देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभावले गर्दा मौसममा बदली आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। साथै, मध्यपूर्व बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्र थप बलियो बन्दै पश्चिम-उत्तर पश्चिम दिशातिर सर्ने क्रममा छ।
हाल कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने तराईका भूभागमा मौसम सफा वा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)