ह्वाइट हाउसमा प्रतिबन्ध लगाएपछि तीन सञ्चार संस्थाले दिए ट्रम्प प्रशासनविरुद्ध मुद्दा
kendrabindu.com · Tue Sep 22 01:48:35 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाएपछि सीएनएन, एमएस नाउ र पोलिटिकोले सोमबार ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन् । ती सञ्चार संस्थाले प्रतिबन्धले अमेरिकी संविधानको पहिलो संशोधनले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता उल्लंघन गरेको दाबी गरेका छन् ।
ट्रम्पले शुक्रबार यी तीन सञ्चार संस्थालाई ‘काल्पनिक कथा’ प्रकाशित गरेको आरोप लगाउँदै ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । त्यसको भोलिपल्ट तीनै संस्थाका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाउँदै उनीहरूको प्रेस परिचयपत्र निष्क्रिय पारिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)