क्व्होलासोथार अस्पताल निर्माणमा ढिलासुस्ती, ५ वर्षमा १३ प्रतिशत मात्र काम
canadanepal.com · Tue Sep 22 01:48:35 GMT 2026

काठमाडौं- लमजुङको क्व्होलासोथार गाउँपालिका: ९ गिलुङमा निर्माण गर्न लागिएको १५ शय्याको आधारभूत अस्पतालको काम पाँच वर्ष बितिसक्दा पनि १३ दशमलव ३७ प्रतिशत मात्र पूरा भएको छ। सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ कार्यक्रमअन्तर्गत उक्त अस्पतालको विसं २०७७ मङ्सिर १५ गते शिलान्यास गरिएको थियो।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७८ साउन १९ गते सम्झौता भएको थियो। तर, निर्माण व्यवसायीको ढिलासुस्तीका कारण विसं २०८१ असारदेखि काम पूर्ण रूपमा रोकिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेका अनुसार निर्माण व्यवसायीलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि प्रगति हुन सकेको छैन। हालसम्म करिब एक करोड ८३ लाख रुपैयाँ बराबरको मात्र काम भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)