मन्त्रीका लागि स्वार्थ समूह लागेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
barnanmedia.com · Mon Sep 15 21:34:54 GMT 2025

जेनजी आन्दोलनको बलमा सुशीला कार्की प्रधानमन्त्री बनेको पाँच दिन पुगेको छ। गत शुक्रबार राति ६ महिनाका लागि अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी कार्कीले शुक्रबार सपथग्रहण गरिन्। तर, आइतबार मात्र पदभार ग्रहण गरेकी उनले अझै मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेकी छैनन्। चौथो दिन सोमबार मात्र पूर्वसचिव रामेश्वर खनाललाई अर्थ, कुलमान घिसिङलाई तीन मन्त्रालय ऊर्जा, भौतिक र सहरी तथा ओमप्रकाश अर्याललाई
गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। चौथो दिन तीन मन्त्री नियुक्त भएपछि कार्कीले पहिलो मन्त्रिपरिषद बैठक पनि गरेकी छन्
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)