असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
bishowkhabar.com · Tue Sep 22 01:55:02 GMT 2026

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्क रहन आग्रह गरेको छ । कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)