नेपालको राजनीतिक गतिविधिमा भारतको गहिरो लगाव
barnanmedia.com · Sat Jul 13 22:01:17 UTC 2024

नेपालको राजनीतिक गतिविधिमा भारतको गहिरो लगाव रहँदै आएको छ । यहाँको राजनीतिक खेल र खेलाडी दुबैलाई आफ्नो पकडमा राख्न सक्ने उसले हाल वहिर्गमनउन्मुख प्रधानमन्त्री प्रचण्डका हकमा के कुनै भूमिका खेलेन होला ? यसलाई इतिहासको एउटा घटनासँग जोडेर हेर्न सकिन्छ ।
जतिबेला १० वर्षे सशस्त्र द्वन्द्व चुलिएको थियो, त्यसबेला भारतले एकातिर प्रचण्डसहितका नेतालाई साढे आठ वर्षसम्म सुरक्षित आश्रय दिइरहेको थियो भने अर्कोतिर माओवादीविरुद्ध सरकारलाई पनि सघाइरहेको थियो । त्यसरी नै, जसरी श्रीलंकाको पृथकतावादी समूह लिट्टेलाई भारतमा तालिम दिएर पछि आफ्नो शान्ति सेना पठाई कत्लेआम पनि गरियो । नेपालको हकमा पनि भारतको भूमिका करिव–करिव त्यस्तै त्यस्तै नै हो, तर त्यहाँका तीनथरि निकायमा आ–आफ्नै स्वार्थ बाझिँदा माओवादी लिट्टे हुनबाट जोगिएको भन्ने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)