एमाले केन्द्रीय कमिटी बैठक : आज सदस्यहरूको धारणा सुनिने, पोलिटब्युरो र स्थायी कमिटी गठनको तयारी
lokaantar.com

नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । हिजोदेखि शुरू भएको बैठक आज बिहान नौ बजेबाट शुरू हुनेछ ।
पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा भइरहेको बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम शुरू हुने छ । हरेक केन्द्रीय सदस्यले बढीमा तीन मिनेटमा पार्टी, अध्यक्षको प्रतिवेदन जनतासँग सम्बन्ध र समसामयिक विषयमा आफ्ना धारणाहरू राख्ने गरी समय व्यवस्थापन गरिएको आचार्यले जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)