अमेरिकामा परराष्ट्र मन्त्री खनालले गरे भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता
hamrakura.com · Tue Sep 22 00:00:00 GMT 2026

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटमा उनीहरूबीच नेपाल र भुटानबीचको सुमधुर द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।
भेटमा दुवै नेताले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए साथै जलवायु परिवर्तनका कारण बढ्दो आवृत्ति र तीव्रताका प्राकृतिक विपद्का विषयमा समेत छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)