त्रिवि पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डा रोकिएला ?
ekantipur.com · Fri Jan 05 17:15:08 GMT 2024
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि शिक्षामन्त्री अशोककुमार राई अध्यक्षताको सिफारिस समितिले शुक्रबार सार्वजनिक सूचना जारी गरेर दरखास्त आहृवान गरेको छ । तर दरखास्त दिने व्यक्ति विश्वविद्यालयको पदाधिकारीमा कम्तीमा ३ वर्ष काम गरेको हुनुपर्ने प्रावधान राखिएपछि सूचना विवादमा परेको छ ।
प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले पूर्व पदाधिकारीको अनुभव चाहिने प्रावधान हटाएर अर्को सूचना सार्वजनिक गर्न शिक्षामन्त्री राईलाई निर्देशन दिएका छन् । यद्यपि प्रतिस्पर्धा र मेरिटको आधारमा उपकुलपति नियुक्त गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाए पनि शुक्रबार जारी गरिएको सूचनाले यसपटक पनि पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डा हुने आशंका बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)