मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

विज्ञान प्रविधिमा ९० हजार जनशक्ति !

ekantipur.com · Sun Dec 12 02:31:26 GMT 2021

काठमाडौँ — विज्ञान तथा प्रविधि क्षेत्रमा अहिलेसम्म करिब ९० हजार जनशक्ति उत्पादन भएका छन् । नेपाल विज्ञान तथा प्रविधि संकाय (नास्ट) को ३९ औं वार्षिकोत्सवका अवसरमा सोमबार सार्वजनिक नेपाल साइन्स एन्ड टेक्नोलोजी रिपोर्टका अनुसार सन् २०१८ सम्म ८९ हजार ५ सय ४२ जनशक्ति उत्पादन भएका हुन् । यो भनेको हरेक १० लाख जनामा विज्ञान तथा प्रविधि पढ्नेको संख्या ३ हजार १ सय ९८ हो ।

विज्ञान तथा प्रविधि क्षेत्रमा उत्पादित कुल जनशक्तिमध्ये भौतिकशास्त्र, रसायनशास्त्र, कम्प्युटर, आईटी, गणित, पृथ्वी र वातावरणका ९ हजार ९ सय २५ जना जनशक्ति छन् । प्रतिवेदनअनुसार वनस्पतिशास्त्र, जीवशास्त्र र माइक्रो बायोलोजीका ७ हजार ५० जना जनशक्ति नेपालका विश्वविद्यालयहरूबाट उत्पादन भएका छन् । तर तीमध्ये कति स्वदेशमा छन् भन्नेबारे प्रतिवेदन मौन छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)