नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
ratopati.com · Tue Jul 21 12:39:32 GMT 2026
काठमाडौँ। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको खेलमा नेपालले नामिबियालाई १५८ रनको लक्ष्य दिएको छ। नेदरल्याण्डमा मंगलबार भएकाे खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङको निम्तो पाएको थियो ।
पहिले ब्याटिङ गरेको नेपाली टोलीले ४६.५ ओभरमा आफ्ना सबै १० विकेट गुमाएर १५७ रनको योगफल तयार गरेको हो ।नेपालका तर्फबाट ब्याटिङमा कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन र दीपेन्द्र सिंह ऐरीले ३० रनको योगदान दिए । त्यसैगरी, गुल्सन झाले २० रन, करण केसीले १८ रन, विकेटकिपर आसिफ शेखले १६ रन तथा सोमपाल कामीले १५ रन बनाए । अन्य ब्याटरहरूले दोहोरो रन बनाउन सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)