४९ कम्पनी तथा सामूहिक लगानी कोषले लाभांश घोषणा गरे
aarthiknews.com

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ का लागि हालसम्म विभिन्न क्षेत्रका ४९ कम्पनी तथा सामूहिक लगानी कोषले लाभांश घोषणा गरेका छन् । घोषणा भएका लाभांशमा बैंक तथा वित्तीय संस्था, जलविद्युत्, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, लघुवित्त तथा म्युचुअल फन्डलगायत क्षेत्र समेटिएका छन् ।
उपलब्ध विवरणअनुसार वाणिज्य बैंकतर्फ सिद्धार्थ बैंकले सबैभन्दा बढी २० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । ग्लोबल आईएमई बैंकले १० प्रतिशत, सानिमा बैंकले १० प्रतिशत, एभरेस्ट बैंकले १५ प्रतिशत, नबिल बैंकले १५.८ प्रतिशत र माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश घोषणा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)