र्यान्समवेयर आक्रमणपछि रोकिएको सेयर कारोबार आजदेखि नियमित हुने, आक्रमणपछि प्रणाली अलग राखेर अनुसन्धान
aarthiknews.com

काठमाडौं । र् यान्समवेयर आक्रमणपछि सोमबार रोकिएको सेयर कारोबार मंगलबारदेखि नियमित सञ्चालन हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ७२ वटा कारोबार सदस्यको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस)को डाटा सेन्टरका रूपमा रहेको डेटा हब प्रालिमा देखिएको प्राविधिक समस्या समाधान भएकाले आजदेखि कारोबार पूर्ववत् सञ्चालन हुने जनाएको हो ।
नेप्सेले मंगलबार बिहान सूचना जारी गर्दै डेटा हबमा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएकाले २०८३ असोज ६ गतेदेखि नेप्सेको कारोबार पूर्ववत् सञ्चालन हुने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)