मल्टिस्टार ‘द राइज अफ साम्राज्य’मा सुशीलको इन्ट्री
reportersnepal.com · Tue Sep 22 02:08:17 GMT 2026

काठमाडौं । निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण हुन लागेको बहुप्रतीक्षित चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेता सुशील श्रेष्ठ जोडिएका छन् । छायांकनको अन्तिम तयारीमा रहेको चलचित्रमा निर्देशक चौधरीले सुशीललाई महत्वपूर्ण भूमिकाका लागि अनुबन्ध गरेका हुन् ।
यसअघि नै चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली र अमरप्रताप श्रेष्ठ जस्ता कलाकार अनुबन्धित भइसकेका छन् । सुशिलको प्रवेशसँगै चलचित्रको कलाकारको लाइनअप थप बलियो बनेको छ । निर्माण पक्षका अनुसार चलचित्रमा अधिकांश कलाकारको भूमिका महत्वपूर्ण रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)