मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजी प्रदर्शनका क्रममा चोरी भएका सामान फिर्ता गर्न सूचना

barnanmedia.com · Mon Sep 15 22:03:14 GMT 2025

दाङको तुलसीपुरमा रहेका विभिन्न सरकारी कार्यालयले जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा चोरी भएका सामान फिर्ता गरिदिन सार्वजनिक रूपमा अनुरोध गरेका छन् । यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ को प्रदर्शनका क्रममा कार्यालय तोडफोड तथा आगजनीपछि चोरी भएका सामान फिर्ताका लागि आग्रह गरेका हुन् ।

उच्च सरकारी वकिल कार्यालय तुलसीपुरले आन्दोलनका क्रममा चोरी भएका सामान फिर्ता गरिदिन सार्वजनिक रूपमा अनुरोध गरेको छ । कार्यालयका निमित्त प्रमुख उपन्यायाधिवक्ता नगेन्द्र लम्सालद्वारा जारी सूचनामा कम्प्युटर, ल्यापटप, प्रिन्टर, हार्डडिक्स, कुर्सी, टेबल, फ्रिजलगायत सामग्री चोरी भएका उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)