त्रिपुरेश्वरमा आगजनी भएको बसका चालक लामाको उपचारका क्रममा मृत्यु भएको अस्पतालको पुष्टि
ratopati.com · Tue Sep 22 02:22:42 GMT 2026

काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा गम्भीर घाइते भएका २५ वर्षीय चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु भएको छ । बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसभित्रै आगो लाग्दा गम्भीर घाइते भएका २५ वर्षीय चालक लामाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको डाइरेक्टर निजिना ताम्राकारले जानकारी दिइन् ।
मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बसमा आगजनी भएको थियो। आगलागी लगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिइए पनि ९० प्रतिशतभन्दा बढी शरीर जलेका लामाको उपचारकै क्रममा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)