अर्थ मन्त्रालयका चार सहसचिवको जिम्मेवारी हेरफेर
kendrabindu.com · Tue Sep 22 02:23:44 GMT 2026

काठमाडौं । अर्थ मन्त्रालयमा कार्यरत चार सहसचिवको जिम्मेवारी हेरफेर भएको छ । मन्त्रालय स्रोतका अनुसार मन्त्रालयका सहसचिव एवम बजेट महाशाखा प्रमुख रहेका सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा सारिएको छ । राजस्व व्यवस्थापन महाशाखा प्रमुखको पद केही समयदेखि रिक्त थियो ।
बजेट व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी भने भर्खरै लुम्बिनी प्रदेशबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका बन्धुप्रसाद बास्तोलालाई दिइएको छ । यस्तै भर्खरै मात्रै कोशी प्रदेशबाट मन्त्रालयमा सरुवा भएर आएका नारायणप्रसाद रिसाललाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)