प्रमुख पदबाट १४ जनाको उम्मेद्वारी फिर्ता तनहुँमा
nepalghatana.com · Fri Apr 29 17:13:20 GMT 2022
तनहुँमा स्थानीय तहको प्रमुख पदका लागि उम्मेद्वारी दिएका १४ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । शुक्रबार जिल्लाका नौ स्थानीय तहको प्रमुखमा उम्मेद्वारी दिएका १४ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । चार जना उपप्रमुखको उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएका छन् ।
व्यास नगरपालिकाको प्रमुखबाट दुई जनाको उम्मेद्वारी फिर्ता भएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले बताए । उनका अनुसार नेकपा एकिकृत समाजवादी पार्टीबाट मेयरमा उम्मेद्वारी दिएका शंकरनारायण श्रेष्ठ र स्वतन्त्र उम्मेद्वारी दिएका वृषराज श्रेष्ठले फिर्ता लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)