मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वैदेशिक रोजगारीमा  जानेको पिसिआर नि:शुल्क

nayapatrikadaily.com · Sat Feb 26 00:39:00 GMT 2022

वैदेशिक रोजगारीमा जाने सबै कामदारको पिसिआर परीक्षण नि:शुल्क गरिएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै परीक्षण निःशुल्क गर्ने व्यवस्था मिलाएको हो । नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पारेर मौलिक हक प्रत्याभूत गराउने अभिप्रायले यस्तो निर्णय गरिएको स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए ।

उनका अनुसार शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट वैदेशिक रोजगारीमा जाने सबै कामदारको पिसिआर परीक्षण निःशुल्क हुनेछ । त्यसका लागि सम्बन्धित व्यक्तिले वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात देखाउनुपर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)