रसुवा बाढीपछि चार तुइन सञ्चालनमा, ३३ झोलुङ्गे पुल पुनर्निर्माणको तयारी
ratopati.com · Tue Sep 22 02:25:05 GMT 2026

काठमाडौँ । रसुवा बाढीपछि क्षतिग्रस्त भएका तुइन तथा झोलुङ्गे पुलको मर्मत तथा पुनर्निर्माणको काम अघि बढाइएको छ । हालसम्म चार वटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको तथा थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार इन्द्रेणीचौर र गुम्बाडाँडा जोड्ने त्रिशूली नदीमा मोटराइज्ड तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । त्यस्तै, नुवाकोटको विदुर नगरपालिका–५ देविघाट, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ र ६ स्थित स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना तथा गोसाइँकुण्ड गाउँपालिका–६ र आमाछोदिङ्मो गाउँपालिका–१ स्थित हाकुबेंसीमा तुइन सञ्चालनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)