भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु
ratopati.com · Tue Sep 22 02:29:52 GMT 2026

चितवन । जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ‘ट्राफिक लाइट’ जडानको काम सुरुआत गरिएको छ । पुलचोक–गोन्द्राङको छ लेन सडक र बाइपास रोडका विभिन्न छ स्थानमा ‘ट्राफिक लाइट’ जडानको काम सुरु गरिएको हो ।
ट्राफिक लाइट जडानका लागि सोमबार पुलचोक र सहिदचोकमा काम सुरु गरिएको निर्माण कम्पनीका सञ्चालक सुमन थापाले जानकारी दिए । यसअघि विभिन्न छ स्थानमा पोल राख्ने काम सम्पन्न गरेर बत्ती जडानको काम सुरु गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)