कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
ratopati.com · Tue Sep 22 02:33:22 GMT 2026

हुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ । दुई स्थानबाट पहिरो खसेपछि करिब एक सय मिटर सडकमा ठूला/ठूला ढुङ्गा थुप्रिएका छन् ।
पहिरो खस्ने क्रम अझै नरोकिएको र सडकमा खसेका ढुङ्गा सामान्य ‘स्काभेटर’ले हटाउन नसकिने भएकाले विस्फोट गराएर फुटाउनुपर्ने अवस्था आएको हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिए। उनले भने “ठूला ढुङ्गा खसेकाले स्काभेटरबाट मात्रै हटाउन सम्भव देखिएन । ड्रिल मेसिन प्रयोग गरेर ब्लास्टिङको तयारी भइरहेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)