फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटलमा २५ प्रतिशतसम्म छुट, पहिलो उडानका यात्रुलाई एक रात बसाइ र खाजा निःशुल्क
aarthiknews.com

पोखरा । फ्लाई दुबईले पोखरा–दुबई सीधा उडान सुरु गर्न लागेसँगै पोखराका पर्यटन व्यवसायीले यात्रु तथा पर्यटक आकर्षित गर्न होटल र रेस्टुराँमा छुट योजना ल्याएका छन् । होटल संघ पोखराले फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई पहिलो तीन महिनासम्म होटलको सेवामा २५ प्रतिशतसम्म छुट दिने भएको हो ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार छुट योजनामा हालसम्म ५० वटा होटल सहभागी भएका छन् । सहभागी होटलको संख्या अझै बढ्ने उनले बताए । छुट दिने होटलमा पर्यटकस्तरीयदेखि केही तारे होटलसमेत रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)