युद्धकै बीच ट्रम्पको देशमा इरानी राष्ट्रपति- किन जाँदैछ सानो प्रतिनिधिमण्डल न्युयोर्क ?
lokaantar.com

अमेरिका र इरानबीच युद्ध कायम रहेकै अवस्थामा इरानको एक सानो प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन मंगलबार न्युयोर्क पुग्दैछ। मध्यपूर्वमा जारी द्वन्द्वकाबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा ‘अन्तर्राष्ट्रिय रूपमा ठूला घटनाहरू’ हुन सक्ने बताएका छन्।
अमेरिकी विदेश मन्त्रालयका अनुसार ट्रम्प प्रशासनले इरानका राष्ट्रपति मसुद पेजेश्कियनसहितको ‘मुख्य प्रतिनिधिमण्डल’ लाई मात्र न्युयोर्क आउन अनुमति दिएको छ। इरान-अमेरिका युद्ध शुरू हुनुभन्दा केही महिनाअघि २०२५ मा भएको महासभाको तुलनामा यसपटकको प्रतिनिधिमण्डलको आकार निकै सानो हुनेछ। इरानको राज्य सञ्चालित सञ्चार माध्यमका अनुसार राष्ट्रपति पेजेश्कियन मंगलबार नै न्युयोर्क प्रस्थान गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)