फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल–रेष्टुराँमा छुट
lokaantar.com

फ्लाई दुबईले बुधबारदेखि सुरु गर्न लागेको दुबई–पोखरा–दुबई सीधा उडानलाई लक्ष्य गरी पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले यात्रुका लागि छुट योजना ल्याएका छन् ।
होटल सङ्घ पोखराले फ्लाई दुबईबाट आउने यात्रुलाई तीन महिनासम्म होटलमा २५ प्रतिशत छुट दिने जनाएको छ । हालसम्म ५० होटल छुट योजनामा सहभागी भएका छन् । पहिलो उडानबाट पोखरा आउने यात्रुलाई एक रातको बास र भोलिपल्ट बिहानको खाजा निःशुल्क उपलब्ध गराइनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)