भोटेकोशी बाढी र जलवायु जोखिमको मुद्दा लिएर प्रधानमन्त्री बालेन आज अमेरिका जाँदै
arthasansar.com · Tue Sep 22 02:30:38 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राज्य अमेरिका प्रस्थान गर्दैछन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जान लागेका हुन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमणसमेत हो।
प्रधानमन्त्री शाहले आगामी असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सामान्य बहसमा नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। उनको सम्बोधनमा नेपालको जलवायु संकट, प्राकृतिक विपत्तिबाट भइरहेको क्षति र हिमाली मुलुकले जलवायु परिवर्तनका कारण भोग्दै आएको असमान प्रभाव मुख्य विषय बन्ने तयारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)