कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
nagariknews.nagariknetwork.com · Tue Sep 22 02:42:51 GMT 2026

कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका-२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ। दुई स्थानबाट पहिरो खसेपछि करिब एक सय मिटर सडकमा ठूला/ठूला ढुङ्गा थुप्रिएका छन्।
पहिरो खस्ने क्रम अझै नरोकिएको र सडकमा खसेका ढुङ्गा सामान्य ‘स्काभेटर’ले हटाउन नसकिने भएकाले विस्फोट गराएर फुटाउनुपर्ने अवस्था आएको हिल्सा-सिमकोट सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिए। उनका अनुसार 'ठूला ढुङ्गा खसेकाले स्काभेटरबाट मात्रै हटाउन सम्भव देखिएन। ड्रिल मेसिन प्रयोग गरेर ब्लास्टिङको तयारी भइरहेको छ।'
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)